अर्थ

नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर

काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा प्राप्त गर्न सक्नेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यो कदम विशेष गरी जेनजी लाई ध्यानमा राखेर अगाडि ल्याइएको हो।

मन्त्री खरेलले  नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ।

मन्त्री खरेलले भन्नुभयो, “हाम्रो लक्ष्य टेलिकमको सेवा केवल शहरमा सीमित नहोस्। दुरदराजका बस्तीहरूमा पनि फाइबर र टेलिफोन सेवा पुर्‍याउने प्रयास जारी रहनेछ।”

साथै, मन्त्री खरेलले जनतालाई गुणस्तरीय सेवा नदिने वा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन पनि दिनुभएको छ।

नेपाल टेलिकमले यस कदमबाट विद्यार्थी र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच बढाउने प्रयासलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...