मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला : सहमहामन्त्री मन्सुरलाई दोहोर्‍याएर बोल्न दिँदा विवाद

कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला : सहमहामन्त्री मन्सुरलाई दोहोर्‍याएर बोल्न दिँदा विवाद

  • खबर सेवा

  • बिहिबार, कार्तिक २७, २०८२

  • 110
    SHARES
कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला : सहमहामन्त्री मन्सुरलाई दोहोर्‍याएर बोल्न दिँदा विवाद

काठमाडौँ।  नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार होहल्ला भएको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्‍याएर बोल्न दिइएपछि बैठक केही समय अवरुद्ध बनेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई बोल्न अनुमति दिएका थिए।

मन्सुर बोल्न लाग्नेबित्तिकै केही सदस्यहरूले आपत्ति जनाउँदै होहल्ला गरेका थिए। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, मन्सुरले यसअघि नै कात्तिक १९ गते बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखिसकेका थिए। त्यसैले फेरि उनलाई बोल्न दिने निर्णयप्रति केही नेताहरू असन्तुष्ट बनेका हुन्।

१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित मन्सुर हाल पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेन्डाको समर्थन गर्दै आएका छन्। सोही एजेन्डालाई दोहोर्‍याउन खोजिएको भन्दै संस्थापन पक्षका सदस्यहरूले विरोध जनाएका थिए।

होहल्लाबीच पनि मन्सुरले आफ्नो धारणा राख्न भने सफल भएका थिए। उनले पार्टीभित्रको वर्तमान संकट समाधानका लागि विशेष महाधिवेशनको विकल्प नभएको तर्क गर्दै संगठन पुनर्गठनमा स्पष्ट निर्णय लिन नेतृत्वलाई आग्रह गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology