मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

जसपा नेपालले गठन गर्यो संघीय संसदीय बोर्ड

जसपा नेपालले गठन गर्यो संघीय संसदीय बोर्ड

  • खबर सेवा

  • बिहिबार, कार्तिक २७, २०८२

  • 162
    SHARES
जसपा नेपालले गठन गर्यो संघीय संसदीय बोर्ड

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ।

पार्टी विधानको धारा ९५ को उपधारा (१०) मा भएको व्यवस्था बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गठन गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो।

बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सह-अध्यक्ष रकम चेम्जोङ, महासचिव लालबाबु राउत र रामकुमार शर्मा केन्द्रीय सदस्य कुन्ता राई, खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरुङ र सन्तोष सिलवाल हुनुहुन्छ।

पार्टी प्रदेश समितिका अध्यक्ष बोर्डको पदेन सदस्य हुने बताइएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology