मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

भत्काउने क्रममा च्यापिएर एकको मृत्यु

भत्काउने क्रममा च्यापिएर एकको मृत्यु

  • खबर सेवा

  • बिहिबार, कार्तिक २७, २०८२

  • 107
    SHARES
भत्काउने क्रममा च्यापिएर एकको मृत्यु
प्रतिकात्मक तस्बिर

पाल्पा । निस्दी गाउँपालिका–५, बेलडाँडामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

बेलडाँडा बजारमा स्थानीय भीमबहादुर शाहीको घर भत्काउने क्रममा च्यापिएर केवरापानी बस्ने ६३ वर्षीय टुकबहादुर सोमैको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुुभयो।

नयाँ घर निर्माणका लागि पूरानो घर भत्काउने क्रममा सोमै घरमुनि च्यापिएर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology