मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

मोटरसाइकल दुर्घटनामा परेर मृतक दुई जनाको सनाखत

मोटरसाइकल दुर्घटनामा परेर मृतक दुई जनाको सनाखत

  • खबर सेवा

  • आइतवार, कार्तिक ३०, २०८२

  • 103
    SHARES
मोटरसाइकल दुर्घटनामा परेर मृतक दुई जनाको सनाखत

हेटौँडा । मकवानपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल बस्ने ३९ बर्षीय वीरबहादुर गुरुङ र पछाडि बस्ने पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भएर हाल हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ हुनुहुन्छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । मृतकको श्रीमतीले सनाखत गरेको र शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिनुभयो ।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको थियो । आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology