मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?

एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?

  • खबर सेवा

  • सोमवार, मंसिर १, २०८२

  • 80
    SHARES
एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिँड्दै, कुन टिममा को छ ?

काठमाडौँ। आजबाट नेपाल प्रिमियर लिक (एनपीएल) सुरु हुँदैछ । कीर्तिपुरको टियु खेल मैदानमा हुने एनपीएलको उद्घाटन खेल अघिल्लो वर्ष विजेता जनकपुर बोल्ट्ससँग काठमाण्डु गोर्खाजले प्रतिष्पर्धा गर्नेछ । उद्घाटन खेलको टिकट सबै सल्ड आउट भइसकेको छ । सुरक्षा चुनौती देखाउँदै प्रहरीले टिकट नहुने कीर्तिपुर को टियु खेल मैदान वरपर नआउन आग्रह गरेको छ ।

कुन टिम कस्तो छ ?
अहिले सबै दर्शकको चासोको रुपमा उद्घाटन खेलमा खेल्ने टिमहरू कस्तो छन् भन्ने रहेको छ । जनकपुरले अघिल्लो सिजनको ट्रफी उठाएका कारणले गर्दा अहिले कोको खेलाडी छन् भन्ने चासो बढेको छ ।

जनकपुर बोल्ट्सः
जनकपुर बोल्ट्समा मुख्य प्रशिक्षकमा वेष्ट इण्डिजका शिवनराइन चन्द्रपल रहेका छन् भने कप्तानमा अनिलकुमार साह छन् । मार्की खेलाडी आसिफ शेखसहित खेलाडीहरुमा ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकार, तुल मगर, मयन यादवसहित सचिन भट्ट, विकाश आग्री र आदित्य महता रहेका छन् । त्यस्तै विदेशी खेलाडीहरुमा दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी छन् ।

यता, काठामाण्डु गोर्खाजको मुख्य प्रशिक्षक भारतका मोन्टी देसाई हुन् । कप्तानमा करण केसी, खेलाडीहरुमा भीम शार्की, शाहव आलम, दीपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम, उत्तम थापामगर, आकाश त्रिपाठी, तुलबहादुर थापा, सन्तोष यादव र सोनु देवकोटा रहेका छन् । विदेशी खेलाडीहरुमा इंग्लिसका जोन सिम्पसन, दक्षिण अफ्रिकीका रिकार्डो भासक्नसेलोस, मिडलका अर्डरमा एरासमस र बेन चाल्र्सवर्थ, अमेरिकाका मिलिन्द कुमार र भारतीय सन्नी पटेल रहेका छन् । –न्युज एजेन्सी नेपाल


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology