पोखरालाई काठमाडौँको १६६ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो। काठमाडौंले पछिल्लो पाँच ओभरमा ६६ रन बनाएको थियो।
चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए। भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गर्दा काठमान्डुको स्कोरबोर्डले गति लियो। अन्तिम ओभरमा आउट हुनुअघि उनले २२ बल खेलेर ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए।
चार्ल्सवर्थ र भीमबीच छैटौं विकेटका लागि ८४ रनको साझेदारी भयो।
त्यसअघि ओपनर आकाश त्रिपाठी शून्यमा पोखराका धनञ्जय लक्षनबाट बोल्ड भए। रशिद खान ७ रनमा आउट भए भने मिलिन्द कुमारले १३ रन जोड्न सके। जोन सिमसन २ रन र आदिल अन्सारी ७ रनमा पेभिलियन फर्के।
बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपिन खत्री र किरण ठगुन्नाले १(१ विकेट हात पारे।
काठमान्डु ८ अंकसहित प्लेअफ नजिक छ। आजको जितले काठमान्डु प्लेअफमा पुग्नेछ। यता ४ अंक जोडेको पोखराका लागि जितको विकल्प छैन।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...
हामीले केही सिट जित्ने होइन, राप्रपा र देशले जित्ने एजेन्डा ल्याएका छौँ : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभएको छ । शनिबार...





