भासिएको मुग्लिन–पोखरा सडक मर्मत सुरु, मादी पुलको काम पनि तीव्र
तनहुँ। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ । व्यास नगरपालिका–३ दुर्गामन्दिरदेखि मादीपुलसम्म करिब एक सय मिटर सडक साउन अन्त्यमा अत्यधिक सवारी चापले गर्दा भासिएपछि एकतर्फी आवागमनमा सीमित गरिएको थियो । अब भासिएको स्थानमा संरचनात्मक बलियो बनाउने काम हाल धमाधम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार नयाँ संरचनामा बनेका दुई लेनले अत्यधिक ट्राफिकको भार थेग्न नसक्दा भासिएको हो । “स्थायी उपचारका साथ सडक पुनः सुरक्षित बनाइँदै छ,” पाण्डेले भन्नुभयो । मर्मत सम्पन्न भएपछि सवारी सञ्चालन थप सहज र सुरक्षित हुने दाबी उहाँले गर्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...
हामीले केही सिट जित्ने होइन, राप्रपा र देशले जित्ने एजेन्डा ल्याएका छौँ : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभएको छ । शनिबार...





