ओलीको गुन्डु निवासको शिलान्यास
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवासको निर्माण कार्य बिहीबारदेखि सुरु भएको छ । एमाले नेता महेश बस्नेतका अनुसार भक्तपुरको गुण्डुमा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्यले सो निर्माण कार्यको बिहीबार शिलान्यास गर्नुभयो ।
एमाले नेता तथा कार्यकर्ताद्वारा उक्त निवासलाई ओली कुटीको नाम दिइएको छ । गत भदौको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले अध्यक्ष ओलीको बालकोटस्थित निजी निवासमा आगजनी गरेर ध्वस्त बनाएका थिए । त्यसपछि अध्यक्ष ओली बस्दै आउनुभएको गुण्डु परिसरमा सो निजी निवास बनाउन लागिएको हो । नेता बस्नेतका अनुसार सो निवास गुण्डुबासीको सहयोगमा निर्माण गर्न लागिएको हो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
झन्डै २५ सय सदस्यलाई नेकपाले खुवाउदैछ शपथ
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्। विभिन्न १७ घटक...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...





