लेखेर राख्नुहोस्, ओली फेरि अध्यक्ष हुनुहुन्छ : विष्णु रिमाल
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एघारौं महाधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा संवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो।
उपमहासचिव रिमालले भन्नुभयो, “एघारौं महाधिवेशनको महत्व नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन मात्र होइन, लोकतन्त्रलाई दीर्घजीवन दिन र नेपालमा रहेको अहिले संघीय लोकतान्त्रिकरणलाई स्थिर बनाउन यो महत्वपूर्ण पक्ष हो भनेर बुझनुपर्छ । यही हिसाबले हेर्दा नेकपा (एमाले) मा अहिले अध्यक्ष ओलीको विपक्षमा कोही उभिनुपर्ने जरुरी म देख्दिनँ ।”
उहाँले नीति र नेतृत्वमा समस्या नभएका कारण व्यक्तिको फरक शैलीको फरक कारण मात्र चुनाव लड्छु भन्नु उपयुक्त नहुने धारणा राख्नुभयो । उहाँले एघारौं महाधिवेशनको सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास दोहोयाएर हेर्न अनुरोध गर्नुहुँदै नेतृत्व छनोट लोकप्रिय वा भोट बढी ल्याउने शैलीमा कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्व प्रणालीको विकास गर्नेसँग सम्बन्धित रहेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “यसमा को कति पटक नेता हुने ? लोकप्रिय मान्छे नेता बन्नेभन्दा पनि कम्युनिष्ट पार्टीमा नेतृत्व कसले गर्न सक्छ ? भन्ने विषय स्थापित गराउन खोजिरहेका छौं । दोस्रो, धेरै भोट ल्याएकाले नेता हुन सक्छ, चलाउँछ एकल नेतृत्व भन्ने छ भन्दा पनि हामी चाहिँ सामूहिक प्रणालीमा नयाँ नेतृत्व कसरी बसाल्ने भन्नेमा गइरहेका छौं।”
उहाँले एघारौं महाधिवेशनपछि पनि अध्यक्षमा केपी शर्मा ओली नै नेतृत्वमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीमा नेतृत्व बनाउने भनेको टीम मेकिङको कुरा हो । टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौं । अध्यक्ष केपी ओली हुनु हुनेछ । साथीहरुले लेखेर राख्नुभए पनि हुन्छ । २९ गते महाधिवेशन सम्बोधन भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दा केपी शर्मा ओली हुनुहुन्छ।´
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
झन्डै २५ सय सदस्यलाई नेकपाले खुवाउदैछ शपथ
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्। विभिन्न १७ घटक...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...





