हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सप्तरी। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जगंली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका-५ निवासी ६५ वर्षीय नारायण खंग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।
यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट बर्सेनि दुई/तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन्।
हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...
आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताउनुभएको...





