प्रमुख खवर

पर्यटकबाटै उठ्यो ८० लाख

सुलीकोट, मङ्सिर १९ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप ) आउने आन्तरिक तथा बाह्रय पर्यटकबाट ८० लाख ९० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक वैभबले भरिपूर्ण चुमनुब्री क्षेत्रमा पछिल्ला वर्षहरुमा पर्यटकको आकर्षण बढेपछि राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८२/०८३ को साउन महिनादेखि कात्तिकसम्म सात हजार नौ सय विदेशी र ९५० जना स्वादेशी पर्यटकले मनासलु क्षेत्र भ्रमण गर्दा गाउँपालिकाले लिइएको पर्यटन करबाट ८० लाख ९० हजार रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

‘‘पालिकाको आर्थिक ऐन २०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग एक हजार र स्वादेशीसँग दुई सय रुपियाँ राजस्व उठाउने निर्णय गरेका थियौँ’’, प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले भन्नुभयो, ‘‘सोही अनुसार २०८१ को भदौ महिनाबाट शुल्क उठाउन सुरु गरी पर्यटन शुल्क बापत पालिकाले गत आर्थिक वर्ष एक करोड १९ लाख रुपियाँ सङ्कलन गरेको होे ।’’

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवेश अनुमति शुल्क, पर्यटकिय गतिविधी अनुमति, स्थानीय सेवा कर तथा संरक्षण क्षेत्र उपयोग शुल्क जस्ता शीर्षकमार्फत राजस्व उठाएपछि आयमा उल्लेख्य वृद्धि भएको प्रमुख प्रशासकिय अधिकृत लामिछनेको भनाइ छ ।

‘‘मनासलु पदमार्गले विश्वभरका पर्यटकलाई चुमनुब्री गाउँपालिकातर्फ तान्दै आएको छ,’’ पालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘‘पर्यटकको अत्यधिक मात्रामा बढेको चहलपहलले गाउँपालिकाको आर्थिक स्रोत विस्तारमा महत्त्वपूर्ण योगदान पु–याएको छ ।’’

राजस्व वृद्धि केवल सङ्ख्यात्मक उपलब्धी मात्र नभई स्थानीयको रोजगारी, सेवा विस्तार, पर्यटन प्रवर्धनर प्राकृतिक स्रोत संरक्षणमा थप मजबुत बलियो आधार तयार पार्ने महत्त्वपूर्ण कदम भएको गाउँपालिकाले जनाएको छ ।

 

सम्बन्धित समाचार

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...

हामीले केही सिट जित्ने होइन, राप्रपा र देशले जित्ने एजेन्डा ल्याएका छौँ : लिङ्देन

हामीले केही सिट जित्ने होइन, राप्रपा र देशले जित्ने एजेन्डा ल्याएका छौँ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभएको छ । शनिबार...