ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
वाशुलिङ। जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सूर्नया गाउँपालिका–४ सन्सेरीमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनि ट्रक बिहीबार राति करिब १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परी ट्रक चालकसमेत रहेका सूर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
खाली ट्रकमा चालक मात्र सवार रहेको र घटनास्थलमै उहाँको मृत्यु भएको बडुले जानकारी दिनुभयो ।
घटनाबारे स्थानीयले शुक्रबार बिहान करिब ८ बजे ट्रक सडकबाट खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त हुनेवित्तिकै रौलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
कस्तो रहला आजको मौसम?
काठमाडौँ। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेश प्रदेश, बागमती प्रदेश...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...





