कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–८ बडैपुर बजारमा लागूऔषध कारोवार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित २९ वर्षीय मनोज बस्नेतलाई पक्राउ गरेको हो । इलाका कार्यालय मालाखेतीकाअनुसार बस्नेतलाई बुधबार राति ८ बजे खैरो हेरोइन सेवन गरिरहेका अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको थियोे ।
त्यसपछि उनको घर तथा कोठा तलासी गर्ने क्रममा लुकाइछिपाई राखेको अवस्थामा १९ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले उनको घर तलासीका क्रममा पाँच हजार ८९५ नगद, एउटा तराजु र बस्नेतले प्रयोग गर्दै आएको भे ४ प २३७५ नम्बरको स्कुटी समेत बरामद गरेको छ ।
पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीले हिरासतमा राखेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...
हामीले केही सिट जित्ने होइन, राप्रपा र देशले जित्ने एजेन्डा ल्याएका छौँ : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभएको छ । शनिबार...





