खेलकुद

एनपएलमा कर्णालीको सुखद अन्त्य, जनकपुरको अर्को हार

काठमाडौँ। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुखद अन्त्य गरेको छ । लिग चरणको अन्तिम खेलमा आइतबार कर्णालीले साविक विजेता जनकपुर बोल्ट्सलाई तीन रनले हरायो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि एक सय ३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा सात विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।

जनकपुरका लागि सन्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै संगीत कोरेले २५, कप्तान जोन निकोल लफ्टी इटोनले १३ र माज सदाकतले १२ रन बनाउनुभयो ।

बलिङमा कर्णालीका विलियम वसिस्टोले दुई तथा मार्क वाट, पवन सरार्फ, सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । वसिस्टो प्लेयर अफ दि म्याच बन्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । कर्णालीका लागि इमरन शेखले ३३ रन बनाउनुभयो ।

यस्तै गुल्शन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पान्चलले १६ र विलियम वसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका ललित राजवंशी र आदित्य महताले दुई दुई तथा संगीत कोरे, माज सदाकत र अनिल शाहले एक एक विकेट लिनुभयो।

प्लेअफको दौडबाट बाहिरिसकेका यी दुवै टोलीबिचको खेल प्रतिष्ठाका लागि थियो । जितसँगै सात खेलबाट चार अङ्क बनाएको कर्णालीले छैटौँ  स्थानमा रह्यो । साविक विजेता जनकपुर दुई अङ्क जोड्दै अन्तिममा रह्यो ।

सम्बन्धित समाचार

श्रीलंका एसँग नेपाल पराजित

श्रीलंका एसँग नेपाल पराजित

काठमाडौं। आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ए टोलीसँगको दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित...

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

क्रिकेट टोलीलाई २० लाख हस्तान्तरणपछि सुनिल शर्माको घोषणा : सुपर ८ पुगे २० लाख थप्छु

काठमाडौं। नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई...

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अपमा नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई...

एन्फाको बजेट डेढ अर्ब बढी

एन्फाको बजेट डेढ अर्ब बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ । अर्ली...