राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिए : प्रदीप ज्ञवाली
काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ ।
पार्टीको महाधिवेशन जनपरिचालन समितिका संयोजक समेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकाले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठुलो उत्सव हो नै, लोकतन्त्रको पक्षमा जनताको आवाजको प्रतिध्वनि पनि हो’ सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उपमहासचिव ज्ञवालीले लेख्नुभएको छ ‘राजनीतिक पार्टीहरु कमजोर वा शिथिल हुँदा त्यसको रिक्तताको ठाउँ अराजक शक्तिहरुले लिन खोज्छन्।’
उपमहासचिव ज्ञवालीले २०६२ मंसिर ४ गते बुटवलमा लामो समयपछि भएको नेकपा (एमाले) को विशाल जनप्रदर्शनले देशब्यापी रुपमा प्रतिगमनविरुद्ध आन्दोलनको माहोल ल्याएको स्मरण गर्नुभएको छ । शाही ‘कु’ पछि त्यसबेला दलहरुले ठुला आमसभा गर्न नसकिरहेका बेला बुटवलमा एमालेले मंसिर ४ मा गरेको आमसभामा लुम्बिनीका विभिन्न क्षेत्रबाट ठुलो संख्यामा मानिसहरु उपस्थित भएका थिए ।
सोही आमसभापछि देशैभरी शाही कु विरुद्ध दलहरुले आयोजना गरेका कार्यक्रममा मानिसहरुको उपस्थिति बाक्लो हुन थालेको थियो। ज्ञवालीले उक्त आमसभालाई शाही कु विरुद्धको जगको संज्ञा दिनुभएको छ । ‘२०६२ मंसिर ४ गते एमालेले बुटवलमा गरेको सशक्त जनप्रर्दशनले माघ १९ को शाही कु पश्चात उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो’ ज्ञवालीले लेख्नुभएको छ ।
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
काठमाडौं। शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाउनुभएको छ। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका...
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुुभएको...
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई...
१६ एसपीहरूको पदस्थापना
काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापना गरेको छ । गृह मन्त्रालयको सचिव स्तरीय निर्णय...




