अर्थ

अझै घट्यो नेप्से

काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार घटेको छ । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।

गत साता कारोबार भएका चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । विगत ६ दिनमा नेप्से १७० अंकले घटिसकेको छ । मंसिर ११ गते नेप्से २७७६ अंकमा थियो । केही नीतिगत सहजताका बाबजुत पनि राजनीतिक अस्थिरता, चुनावको अनिश्चितताजस्ता प्रमुख कारण लगानीकर्तामा कन्फिडेन्स बढ्न सकेको छैन ।

आज ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रह्यो । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा खुम्चियो ।

समूहगत सूचकमा मिश्रित प्रतिक्रया देखिएको छ । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।

त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.१६, मेन्छियाम हाइड्रोपावरको ३.७३, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी छन् ।

 

#

सम्बन्धित समाचार

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...