एनसेलको विवाद चाँडो समाधान हुन्छ : सञ्चारमन्त्री
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताउनु भएको छ ।
नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनका क्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्वलगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“राज्य र नागरिकको नजरमा एनसेलको विजनेस सम्मानित हुनु पर्याे, जति पनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन विजनेसका लागि सरकारको साथ सहयोग रहन्छ ।”
सञ्चारमन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताउनु भयो । “केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनु पर्छ भन्नेमा सरकार विश्वस्त छ”, उहाँले भन्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
झन्डै २५ सय सदस्यलाई नेकपाले खुवाउदैछ शपथ
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन्। विभिन्न १७ घटक...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...





