प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक
काठमाडौं। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद निर्धारण गरेको हो।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर सङ्कलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो।
आयोगले सङ्कलित मतदाताको विवरण आफ्नो वेबसाइटमा प्रकाशन गर्नेछ। त्यसपछि मतदाताहरूले आगामी २०८२ मंसिर २६ गतेसम्म नामावलीमा रहेका त्रुटि सच्याउन निवेदन दिन सक्नेछन्।
यस अवधिमा झुट्टा विवरण दिई नाम समावेश गरेको भए उजुरी दिने, एकभन्दा बढी स्थानमा नाम भए एक ठाउँमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेकाहरूको नाम हटाउन सूचना दिनेजस्ता कार्यहरू गर्न सकिनेछ।
आयोगले मतदाताहरूको सहजताका लागि मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ। मतदाताहरूले आफ्नो वडाभित्र रहेका मतदान स्थलमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गर्न सक्नेछन्। यसका लागि आयोगको अनलाइन प्रणाली वा सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
आयोगले मतदाता नामावलीलाई त्रुटिरहित र शुद्ध बनाउन आम मतदाता तथा सरोकारवालाहरूलाई मंसिर २६ गतेसम्म सक्रिय सहभागिता जनाउन अपिल गरेको छ। सबै प्रक्रिया पूरा भएपछि आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...





