त्रिविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो ।
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
दशरथ रङ्शालामा जारी समारोहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुनुहुन्छ । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति छ ।
विश्वविद्यालयका उपकुलपति प्रा दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौं विश्वविद्यालयमा ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम शुरु
काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक फिल्म स्टडिजमा स्नातकोत्तर तहको कार्यक्रम शुरु गरेको छ । विश्वविद्यालयको स्कूल अफ आट्र्स अन्तर्गत...
खोला र धारमा पानी जम्न थाल्दा पनि विद्यालय जानुपर्ने बाध्यता
बागलुङ। अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि...
इक्यानको अध्यक्षका इन्ड्रयु पौडेल र दिपक भुषालको उम्मेदवारी
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्ष पदका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रु पौडेल (लक्ष्मण) र महासचिव दिपकराज...
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
महेन्द्रनगर। केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।...





