कला

फिल्म `परान´ले गर्यो १७ करोडमाथिको व्यापार

काठमाडौं। नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले बक्सअफिसमा १७ करोड ६७ लाख ३६ हजार ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले गत शनिबारसम्म यो आकंडा पार गरेको छ।

‘छक्का पञ्जा ४’ को रेकर्ड तोड्दै यो सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनिसकेको छ। हालसम्म फिल्मका ६ लाख २७ हजार ५८५ टिकट बिक्री भएका छन्।

कात्तिक १४ गते प्रदर्शनमा आएको फिल्मको सुरुवाति  व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ‌ओपनिङ गरेको थियो। तर, तीन-चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थालेको थियो।

दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा नीरसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।

सम्बन्धित समाचार

रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत

रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत

काठमाडौं। कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा यथावत् रहनुभएको छ। रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको...

हृदयघातका कारण दोस्रो इन्डियन आइडल प्रशान्त तामाङको निधन

हृदयघातका कारण दोस्रो इन्डियन आइडल प्रशान्त तामाङको निधन

काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज...

सन्नी लियोनी नेपाल आउने

सन्नी लियोनी नेपाल आउने

काठमाडौँ। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी...

बलिउड अभिनेता सञ्जय दत्तलाई भेट्न नेपाली कलाकारको लर्को, स्मिता दाहालदेखि नीति शाहसम्मको भेट

बलिउड अभिनेता सञ्जय दत्तलाई भेट्न नेपाली कलाकारको लर्को, स्मिता दाहालदेखि नीति शाहसम्मको भेट

काठमाडौं। चर्चित बलिउड अभिनेता सञ्जय दत्तले नेपाली कलाकारहरुसँग भेटघाट गर्नुभएको छ। उहाँले अभिनेता प्रदीप खड्कादेखि सन्दीप क्षेत्री, अभिनेत्री नीति...