ठगी भएका घटनाका खबरपछि शिक्षा मन्त्रालयले भन्यो : अनुमति प्राप्त संस्थाबाट मात्र अध्ययनका लागि विदेश जानुहोला
काठमाडौँ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त गरेका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको छ।
मन्त्रालयले आज सूचना जारी गरी विभिन्न ठगी भएको पाइएको भन्दै यस्तो आग्रह गरेको हो।
बैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा विभिन्न संस्थाको परामर्शमा गएका विद्यार्थीहरू शिक्षण संस्था नहुने, तालिम केन्द्रलाई शिक्षण संस्थाको रूपमा पहिचान गरिने तथा सम्बन्धित देशवाट औपचारिक रूपमा शिक्षण संस्थाको मान्यता नपाएको संस्थाका नाममा अफरलेटर झिकाई अध्ययनका लागि पठाइने गरेको पाइएको छ।
‘यस कारणबाट ठगिने तथा विभिन्न समस्यामा परेको जनाई विद्यार्थीहरू, सञ्चारका माध्यमहरू, दर्तावाला चिकित्सकबाट शैक्षिक परामर्श व्यवसायमा संलग्न भई कोड अफ इथिक्स एण्ड प्रोफेशनल कन्डक्ट को उल्लङ्घन हुनेगरी भएका विज्ञापनका प्रतिहरूसहित नेपाल मेडिकल काउन्सिलबाट विज्ञप्तिमार्फत र नेपाल सरकारका कुटनीतिक निकायहरूबाट उजुरी, गुनासा तथा पृष्ठपोषणहरू प्राप्त भएका छन्,’सूचनामा उल्लेख छ।
शिक्षा ऐन, २०२८ (संशोधनसहित) बमोजिम शैक्षिक परामर्श सेवा सञ्चालनको स्वीकृति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट लिनुपर्ने प्रावधान छ।
‘विद्यार्थी तथा नागरिकबाट आफ्ना समस्या दर्साउदै परेका उजुरीहरूमा उल्लिखित कतिपय संस्थाहरू मन्त्रालयको अभिलेखमा नदेखिँदा समस्या समाधान र अनुसन्धान तथा अनुगमनमा समेत प्रतिकूल असर परिरहेकाले मन्त्रालयबाट स्वीकृत प्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन र विद्यार्थी तथा अभिभावकहरूले परामर्श सेवा सञ्चालनको अनुमतिप्राप्त गरेका संस्थाहरूबाट मात्र सेवा लिन, त्यस्तो परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त संस्थाको सरकारी आधिकारिकता जाँच गर्न एवं गलत वा भ्रामक सूचना वा विज्ञापन नगर्न सम्बन्धित सबैमा सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको साधरण सभा आज, अध्यक्षका लागि एन्ड्रयु पौडेल र दिपकराज भुषाल टिमसहित प्रतिस्पर्धामा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को २० औं साधरणसभा आज काठमाडौंमा हुँदैछ। नयाँ नेतृत्व पनि निर्वाचित हुने साधरणसभा...
ईक्यानमा भुषाल टिमको औपचारिक उम्मेदवारी घोषणा
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी निर्वाचनका लागि दिपकराज भुसाल समूहले उम्मेदवारी घोषणा गरेको छ। यही पुस...





