कुलमान घिसिङ पनि रास्वपामा जोडिने सम्भावना
काठमाडौं। वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ पनि रास्वपामा जोडिने सम्भावना बढेको छ ।
रास्वपा सभापति रवि लामिछाने, हालै सो पार्टीमा समाहित भएका बानेन्द्र साह र कुलमानबीच काठमाडौंमा सोमबार अपराह्नदेखि जारी वार्ता सहमतितर्फ अगाडि बढेको हो ।
अहिले सहमतिको ड्राफ्ट बनाउने काम भइरहेको रास्वपा उच्च स्रोतले जानकारी दियो । यसअघि कुलमानले ‘हाई डिमान्ड’ गरेपछि सहमति जुट्न सकेको थिएन।
समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार अपराह्नदेखि शुरू भएको वार्ता सकारात्मक बनेको हो । हामी नेपालका सुधन गुरुङ लगायतको समूह कुलमानलाई सामेल गर्न दबाबका लागि रास्वपाको केन्द्रीय कार्यालय पुगेको थियो ।
कुलमानसँग वार्ता गर्नुपर्ने भएपछि रवि पार्टीको बैठक छाडेर बाहिरिनु भएको थियोे ।
कुलमानलाई पनि सुधनकै समूहले गाडीमा राखेर वार्ता स्थलमा पुर्याएको थियो ।
गुरुङले कुलमानसँग सहमति हुँदै गरेको फेसबूकमा पनि लेखेका छन् ।
‘मिलाएरै छोडिम्, र इतिहासले सम्झनेछ । रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्,’ गुरुङले फेसबूकमा लेखेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
८५ जनाले फिर्ता गरे समानुपातिकको बन्दसूचीबाट नाम
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण...





