बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । उनका परिवारजन र पार्टी नेताहरूले निधनको पुष्टि गरेका छन् ।
खालिदा जिया विगत केही वर्षदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया र आँखाको समस्यासँग लडिरहेकी थिइन् । खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए । उनी यसै महिना बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातका कारण निधन भएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
ट्रम्पद्वारा भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफै बनेको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ...
इरानमा झनै हिंसात्मक बन्दै सरकारविरोधी प्रदर्शन
इरानमा दुई हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन झनै हिंसात्मक बनेको छ। राजधानी तेहरानसहित देशका सबैजसो शहरमा लाखौँ मानिस सडकमा उत्रिएका...
ट्रम्पद्वारा इरानलाई चेतावनीः अमेरिका कडा कारबाहीमा उत्रिनेछ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिवार इरानको वर्तमान परिस्थितिबारे टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले...
भारतको हिमाचलमा बस दुर्घटनाः ९ जनाको मृत्यु, ४० घाइते
उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ...





