मुख्य समाचार
१५ पुष २०८२ १४:२३
खबर सेवा · More from author
‘ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ’
खबर सेवा
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैँल्याउनुभयो ।
प्रमुख कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भत्रुभयो, “ज्येष्ठ नागरिकलाई बोझ होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकासको साँचो आधार हो । घर–परिवार, समाज र राज्य–तीनै तहबाट उहाँहरुप्रति संवेदनशीलता बढाउनु जरुरी छ ।”
सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर–६ का अध्यक्ष हरिश्चन सहनी ९अक्षेय०, ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
(((
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
२९ पुष २०८२ ७:२७
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
२८ पुष २०८२ २२:२७
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...
२८ पुष २०८२ २१:०९
आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताउनुभएको...
२८ पुष २०८२ १८:५५





