Breaking News

रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा व्यवसायी र सेलिब्रेटी

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा व्यवसायिक परिवार, सेलिब्रिटी र  सामाजिक सञ्जालमा भाइरल व्यक्तिहरु रहेको पाइएको छ।

सूचीमा ११० जना उम्मेदवार समावेश छन्, जसमा उद्योग–व्यवसायदेखि मनोरञ्जन क्षेत्रमा परिचित नामहरू भेटिन्छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल सूचीमा छन् भने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा पनि समावेश छन्।

मनोरञ्जन क्षेत्रमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, गायक तथा टिभी होस्ट आसिफ शाह, मानवअधिकारकर्मी मोहना अन्सारी, र चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङ लगायतका अनुहारहरू पनि स्थान पाएका छन्।

दलित प्रतिनिधित्वको क्लस्टरमा पनि स्थापित व्यक्तिहरूको प्रभुत्व छ। १५ जना दलित उम्मेदवारमध्ये डर्माटोलोजिस्ट रुपक विश्वकर्मा घिमिरे पहिलो स्थानमा छन् भने दोस्रो स्थानमा चर्चित कलाकार प्रकाश सपुत छन्। सूचीमा सामाजिक मुद्दामा सक्रिय चिकित्सक रामजी राम, पूर्व विवेकशील साझा पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियार लगायतका व्यक्तिहरू पनि छन्। दलित महिलातर्फ टीभी होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा पहिलो स्थानमा सिफारिस भएकी छन्।

यसरी, रास्वपाको सूचीले राजनीतिक प्रतिनिधित्वको संविधानिक उद्देश्यलाई पूर्णतः पूरा नगरी, व्यवसाय, मनोरञ्जन र चर्चित व्यक्तिहरूको प्रभुत्व प्रकट गरेको छ। सूचीमा पूर्व क्रिकेट कप्तान ज्ञानन्द्र मल्ल पनि सामेल छन्।

सम्बन्धित समाचार

चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ। अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै...

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

काठमाडौँ। नेपालमा वार्षिक करिव ११ लाख विदेशी पर्यटक आउने गरेका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म...

कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?

कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...