समाचार

बाघको आक्रमणबाट बालिकाको मृत्यु

गुलरिया । बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ बर्षिया बालिकाको बाघको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा कोठिया बस्ने बिनीता परियार रहेकी छन् ।

सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । आमा छोरी लगाएत पाँच जनाको समुहमा सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको थियो ।

छोरी उकालो चढेर आमालाई तान्दै गर्दा पछाडिबाट बाघले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ । चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले बताउनुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले प्रारम्भिक अनुसन्धानमा पाटेबाघ भएको अनुमान गरिएको बताउनुभयो । उहाँले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र चितुवा वा पाटेबाघले आक्रमण गरेको खुलासा हुने बताउनुभयो । आवश्यक प्रक्रिया पुरा गरी शवको पोष्टमार्टम आज नै हुने प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेका संख्या बढ्दै गएको छ । पुस महिनाभित्र नै हाल सम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चालु आर्थिक वर्षको हालसम्म चितुवा र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । हाल बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा पनि सामुदायिक वन क्षेत्रमा बढी चितुवा र बाघको आक्रमण बढेको छ ।

सम्बन्धित समाचार

काठमाडौँमा बढ्यो चिसो

काठमाडौँमा बढ्यो चिसो

काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...

कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

काठमाडौँ। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेश प्रदेश, बागमती प्रदेश...

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...

ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं

ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...