Breaking News

बालेन-रास्वपाप्रति ओलीको कटाक्ष : जहाँ भेट्यो, त्यही प्रधानमन्त्री बाँडेर हुन्न

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली काँग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताउनुभएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचारगेष्ठीमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जसजसले सहमति गरेर बाँडे पनि एमाले–काँग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताउनुभएको हो ।

“कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद लाग्यो ।’’, अध्यक्ष ओलीले भन्नुभयो, “पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ । यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’’

उहाँले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाग्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र काँग्रेसजस्ता दलह ठुला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकि गर्नुभयो ।

उहाँले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताउनुभयो । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिनुभयो ।

सम्बन्धित समाचार

कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?

कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...

ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं

ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...

८५ जनाले फिर्ता गरे समानुपातिकको बन्दसूचीबाट नाम

८५ जनाले फिर्ता गरे समानुपातिकको बन्दसूचीबाट नाम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण...