मुख्य समाचार

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको सफल न्युरो शल्यक्रिया

काठमाडौँ ।  वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यक्रिया   सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो ।

“यो उमेरमा मस्तिष्कको शल्यक्रिया सफल हुनु भनेको विश्वकै लागि उदाहरण हो,” अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाले भन्नुभयो, “१०३ वर्षमा शल्यक्रिया गर्दा धेरै चुनौती आउँछन्, विश्वमा वृद्ध उमेरमा शल्यक्रिया हँुदैन ।” कोटेश्वर निवासी १०३ वर्षीय वृद्धालाई चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपत्कालीन कक्षमा ल्याइएको थियो । उहाँले जीवनभरि आफ्ना स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार गराउनुसमेत भएको थिएन ।

डा. झाले दिनुभएको जानकारी अनुसार वृद्धालाई एक महिनादेखि टाउको दुख्ने, लड्ने, बेहोस हुने समस्या रहेको थियो । उहाँको मस्तिष्कमा अत्यधिक रगत जमेको थियो । “रक्तस्राव हुने सम्भावना उत्तिकै थियो,” डा. झाले भन्नुभयो, “यो अवस्थामा शल्यव्रिmयाबाहेक अन्य विकल्प थिएन ।”

“वृद्ध उमेरमा नदुख्ने सुई लगाए पनि हृदयाघात हुन सक्ने सम्भावना हुन्थ्यो,” झाले थप्नुभयो, “चुनौती मोलेर शल्यव्रिmया गरियो । अहिले वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

उहाँले १०३ वर्षको उमेरमा संसारमा मस्तिष्कको शल्यक्रिया गर्न नसकिने बताउँदै एक सय वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यव्रिmया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिने जानकारी दिनुभयो ।

“यस्ता केही मात्र केस रिपोर्ट भएका छन्,” डा. झाले भन्नुभयो, “वीर अस्पतालको न्युरो सर्जरी विभागले असाधारण उपलब्धि हासिल गरेको छ ।”

अस्पतालका निर्देशक डा. दिलीप शर्माले विश्वमै दुर्लभ मानिएको मस्तिष्कको शल्यव्रिmया सम्भव भएको जानकारी दिनुभयो ।

पछिल्लो एक महिनादेखि उहाँलाई कहिलेकाहीँ टाउको दुख्ने र पटक पटक लड्ने समस्या देखिएको थियो । परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो तर दुई दिनसम्म लगातार अचेत अवस्थामा रहेपछि उहाँलाई अन्य अस्पताल लगियो ।

सम्बन्धित समाचार

काठमाडौँमा बढ्यो चिसो

काठमाडौँमा बढ्यो चिसो

काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की

काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...

मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा

मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा

काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...

आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग

आचारसंहितालाई कडाइका साथ पालना हुन्छ, नभए कारबाही पनि हुन्छ : निर्वाचन आयोग

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले कार्यान्वयनमा शून्य सहनशीलता अपनाइने बताउनुभएको...