इक्यान साधरसभाको यस्तो छ कार्यतालिका, २२ गते उम्मेदवारी
काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औं साधरणसभा यही पुष २८ गते काठमाडौंमा हुँदैछ। इक्यानका अनुसार साधारणसभा २८ पुस अर्थात् १२ जनवरीको बिहान ८ बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुनेछ । सोही अवसरमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचनसमेत हुने कार्यक्रम छ ।
सो प्रक्रियाका लागि इक्यानले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। कार्यतालिका अनुसार १८ गते शुक्रबार साँझ ५ बजे प्रथम पटक मतदाता नामावली प्रकाशन भइसकेको छ।
त्यसपछि पुस २० गते आइतबार बिहान १० बजे प्रथम पटक प्रकाशित मनदाता नामावली उपर दावी तथा विरोधको कार्यक्रम रहेको छ। २० गते नै बिहान ११ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।
तालिका अनुसार २२ गते बिहान १० देखि देखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म दर्ता भएका उम्मेद्वारको मनोनयन उपर दावी बिरोधको तालिका छ। सोहि दिन ३:३० बजे उम्मेवारको दाबी बिरोध पछिको नामावली प्रकाशन हुनेछ।
त्यसैगरी २३ गते बिहान १०:१५ बजे उम्मेदवारको मनोनयन फिर्ताका लागि समय दिइएको छ। सोही दिन बिहान १०:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका इक्यान निर्वाचन समितिले सार्वजनिक गरेको छ।
इक्यानको नेतृत्व छनौट भने २८ गतेको साधरणसभाको उद्घाटन सत्रपछि दिनको १ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदान लगत्तै सोही दिन साँझको ६: ३० बजेबाट मतगणना हुने कार्यतालिका छ भने मत परिणामको घोषणा गणना पश्चात हुने निर्वाचन समितिले जनाएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
काठमाडौँमा बढ्यो चिसो
काठमाडौँ( काठमाडौँ उपत्यकाको तापक्रम आज घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३।०...
अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको...
मेरो गोरुको बाह्रै टक्का नगरौँ, पार्टी बताऊ : रामहरि खतिवडा
काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ। सोमवार सञ्चारकर्मीसँग कुरा...





