अर्थ

बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन

काठमाडौं। भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।
हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उहाँको भनाई छ । उहाँले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताउनु भयो । उहाँकाअनुसार शुक्रवार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उहाँले बताउनु भयो । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्नुहुँदै उहाँले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरु प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साईडबाट हेर्दा हामीले मौसमहरु हेर्ने हो । मोसम त्यतिखेर यो अवस्थामा आउने (दुर्घटना हुने) थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ । अहिले विमानस्थल चालु छ, विमानस्थल चालु हुनलाई थोरै रिक्वारमेन्ट चाहिन्छ, हामीले हाम्रो यो जहाजको पछाडीको हाईट चाही अफ–ट्रयाकल पर्न जान्छ, यसलाई मिलाउन हामीले रनवेलाई अलिकति छोटो बनाएका छौँ । त्यो हामी पाईलटलाई जानकारी गराउँछौँ । प्रत्येक आउने, जाने जहाजलाई भन्छौँ हामी । १५ सय मिटर हो, यो । हामीले अहिले १४ सय मिटरमा यो एयरपोर्ट चलाईराखेका छौँ । १४ सय मिटर उनीहरुलाई सफिसेन्ट हुन्छ, भनेर चलाइरहेका छौँ ।’
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिव ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानियहरुले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए ।
दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरु भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भईरहेको छ ।  – न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष...