आईसीसी महिला टी–२० विश्वकप २०२६ को क्वमलिफायरका लागि नेपाली टोली घोषणा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् भने पूजा महतो उपकप्तानको जिम्मेवारीमा चयन भएकी छन्। टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित मिश्रण समावेश गरिएको छ।
घोषित खेलाडीहरूमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन्।
आईसीसी महिला टी–२० विश्वकप २०२६ का लागि हुने ग्लोबल क्वालिफायर्स आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुनेछ। प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
घरेलु मैदानमै हुने यो प्रतियोगितामा नेपाली टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य बोकेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
८५ जनाले फिर्ता गरे समानुपातिकको बन्दसूचीबाट नाम
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण...





