अन्तर्वार्ता

२६ एजेन्डा कार्यन्वयन गर्न प्रतिबद्ध छु: भूषाल

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघको आसन्न निर्वाचनमा दिपकराज भुषालले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ। उम्मेदवारीसँगै भुषाल र उहाँ नेतृत्वको समूहले सन् २०२६ का २६ एजेन्डा लिएर मैदानमा उत्रिएको छ। मंगलबार  उम्मेदवारी दिएपछि खबरसेवाले  गरेको कुराकानी गरेको थिए। सो क्रममा भुषालले व्यक्त गर्नुभएको धारणा:

स्वाभाविक ढंगले उम्मेदवारी किन भन्ने विषय कहीँ न कहिँ एजेन्डासँग रिलेटेड छ। किन अध्यक्ष बन्नु पर्यो भन्ने विषयसँग रिलेटेड छ। प्रथमतः नेपाल इक्यानमा लामो समयदेखि, मूलतः २००९ देखि नै निरन्तर रुपमा संलग्न छु। त्यसमा पनि विभिन्न समयमा म कमिटीमा बसेर काम गरेको छु। सदस्य भएर, पुन: महासचिव भएर चार कार्यकाल करिब १४ वर्षको दौरान मैले कमिटीमै बसेर काम गरेको छु।

सो समयमा मैले शैक्षिक परामर्श क्षेत्रमा विभिन्न खालका गतिविधिहरु, कार्यक्रमहरु गर्ने दौरानमा विभिन्न काम भएका छन्। यसलाई व्यवस्थित गर्ने विषयमा मैले आफ्ना केहि अनुभवहरु लिएको छु। कसरी यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने विषय मैले मनन गरेको छु।

हामीले यो नयाँ वर्ष  २०२६ का  २६ प्रतिबद्धता एजेन्डाका रुपमा प्रस्तुत गरेका छौं।  हाम्रा सम्पूर्ण व्यवसायी साथीहरुलाई  त्यो  अध्ययन गर्न अनुरोध गर्दछु।  त्यहाँ हाम्रो काम र उद्देश्य स्पष्ट रुपमा प्रस्तुत भएको छ। 

मेरो यो क्षेत्रको  अनुभवका आधारमा नै मैले  सम्भव हुने मात्र एजेन्डाहरुलाई त्यहाँ राखेको छु।

यहाँको मिडिया मार्फत  यो पौष २८ मा हुने निर्वाचनमा अध्यक्ष पदमा म  र मेरो नेतृत्वको् सम्पूर्ण टिमलाई अत्याधिक मतले विजयी गराइदिनु हुनेछ भन्ने आशा र विश्वासका साथ म यहाँहरुलाई अपिल गर्न चाहन्छु।

सम्बन्धित समाचार

व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल

व्यवसायीक हितका लागि हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ : एन्ड्रयु पौडेल

एन्ड्रयु पौडेल (लक्ष्मण), अध्यक्ष पदको उम्मेदवार, नेपाल शैक्षिक परामर्श संघ (ECAN) नेपाल शैक्षिक परामर्श संघ (ECAN)को साधारण सभामा अध्यक्ष...

नेपालले लगानी योग्य परियोजना र ‘च्याम्पियन’ नेतृत्वसहित जलवायु वित्त दाबी गर्नुपर्छः डा. भीम अधिकारी

नेपालले लगानी योग्य परियोजना र ‘च्याम्पियन’ नेतृत्वसहित जलवायु वित्त दाबी गर्नुपर्छः डा. भीम अधिकारी

जलवायु परिवर्तन केबल वातावरणीय समस्या नभई अर्थतन्त्र, सामाजिक न्याय र विश्व राजनीति जोडिएको गहिरो संकट हो । पेरिस सम्झौताअन्तर्गत...

विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य हुँदैछ: महानिर्देशक तिवारी

विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य हुँदैछ: महानिर्देशक तिवारी

काठमाडौं। नेपालमा रहेका विदेशी नागरिकको विवरणको अभिलेख राख्न टेलिकम कम्पनीहरुसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ । ...

केएमसी अस्पतालमा क्याथल्याव र इपिल्याव प्रविधि: ‘आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग’

केएमसी अस्पतालमा क्याथल्याव र इपिल्याव प्रविधि: ‘आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग’

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी)ले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान...