सुनसरी पुग्यो शसस्त्र प्रहरीको झण्डा मार्चपास
काठमाडौं। सशस्त्र प्रहरी बल नेपालको झण्डा मार्चपास सुनसरी पुगेको छ । सशस्त्र प्रहरी बल नेपालको पूर्वी टोलीले झापाको काँकडभिट्टाबाट थालेको झण्डा मार्चपास मोरङ हुँदै सुनसरी पुगेको हो ।
मोरङको सीमानाका हुँदै बिहीवार बिहान सीमा इलाका केशल्या पुल पुगेको मार्चपास टोलीले सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ । मोरङ, सुनसरी सीमा इलाका बर्जु ३ अमडुवाको केशल्या खोला पुलमा नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले नम्बर ४ गण हेड क्वाटर सुनसरीलाई झण्डा हस्तान्तरण गरेको छ।
नम्बर ३ गण मोरङका एसपी राजेश घिमिरेले हस्तान्तरण गर्नुभएको झण्डा नम्बर ४ गण सुनसरीका एसपी ज्ञानमणि पौडेलले बुझ्नु भएको थियो । झण्डा बुझेपश्चात नम्बर ४ गण हेड क्वाटर सुनसरीले सीमानाका केन्द्रित मार्चपासलाई अघि बढाएको छ । सुनसरीको ६२ दशमलन ९ किलोकिलोमिटर सीमा क्षेत्रको मार्चपास पश्चात भोलि साँझ कोशी ब्यारेजमा प्रदेश टोली बिच झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले संगठनको २५ औं रजत महोत्सवको अवसरमा देशव्यापी झण्डा मार्चपास गरिरहेको छ ।राष्ट्रिय झण्डा र संगठनको झण्डा बोकी थालिएको देशव्यापी मार्चपासकाकालागि सशस्त्र प्रहरीले पूर्व र पश्चिम गरी दुई मार्चपास टोली परि–न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचनमा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा ७ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचनमा सुरक्षाको...
बुद्ध एयरको जहाज दुर्घटनापछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालन
काठमाडौं। भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल प्रमुख...





