खेलकुद

राखेपको निर्णय लत्याउँदै एन्फा, निर्देशन विपरीत निर्वाचन कार्यतालिका

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन विपरित अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्वाचन तालिका सार्वजनिक गरेको छ।

एन्फाले शुक्रबार सामाजिक सञ्जालमार्फत निर्वाचनको तालिका सार्वजनिक गरेको हो। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार आगामी माघ ३ गतेभित्र उम्मेदवारी निवेदन पेश गर्ने तालिका छ।

माघ ६ गते उम्मेदवारको कागजात रुजु, ६ गते नामावली प्रकाशन र ८ गते नामावली माथि दाबी विरोध र उम्मेदवारी फिर्ताको कार्यक्रम छ।

१० गते दाबी, विरोध र उम्मेदवारी फिर्तापछिको नामावली प्रकाशन र ११ गते पुनरावेदन दाबी विरोधका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

१८ गते अन्तिम नामावली प्रकाशन र त्यसको १० दिनपछि २८ गते मतदान र मतगणनाको कार्यक्रम रहेको छ।

एन्फाको अध्यक्ष बन्न २५ हजार र वरिष्ठ उपाध्यक्षका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपाध्यक्षका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

उम्मेदवारी उपरको दाबी विरोधका लागि प्रमाणसहित १० हजार रुपैयाँ शुल्क एन्फाले तोकेको छ।

एन्फाको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी २०८३ को असार ५ गतेसम्म रहेको छ। तर पुस १६ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा कार्यकाल बाँकी छँदै माघ २८ गते झापामा केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गर्ने निर्णय गर्‍यो।

यही निर्णयका आधारमा एन्फाले जिल्लालाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ, सार्वजनिक सूचना निकालिसकेको छ र उम्मेदवारको मनोनयन फारमसमेत वितरण सुरु गरिसकेको छ।

यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गराएर मात्र केन्द्रिय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।

 

सम्बन्धित समाचार

एन्फा निर्वाचन रोक्न अन्तरिम आदेश

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ। निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न...

पल्सर खेलकुद पुरस्कार सम्पन्न

पल्सर खेलकुद पुरस्कार सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर खेलकुद पुरस्कार–२०८१ विभिन्न विधामा सम्पन्न भएको छ। कार्यक्रममा वर्षभरि उत्कृष्ट प्रदर्शन...

शेर र बसिर समेटेर टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

शेर र बसिर समेटेर टी२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । भारत र श्रीलङ्कामा टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषण गरिएको छ । मंगलबार नेपाल क्रिकेट सङ्घ(क्यान)ले...

आईसीसी महिला टी–२० विश्वकप २०२६ को क्वमलिफायरका लागि नेपाली टोली घोषणा

आईसीसी महिला टी–२० विश्वकप २०२६ को क्वमलिफायरका लागि नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप २०२६ (इङ्ल्यान्ड तथा वेल्स) का लागि हुने ग्लोबल क्वालिफायर्स...