देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ । अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ ।
प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ६३ प्रतिशत रहेको छ । त्यस्तै यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब एक अर्ब ४७ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब १३ करोड पुगेको छ । यस्तो सञ्चितिले १८ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेको छ । पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५ दशमलव छ प्रतिशतले र अमेरिकी डलरमा २९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनासम्मको कूल विप्रेषण आप्रवाह रू आठ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ भने मङ्सिर महिनामा मात्र रु एक खर्ब ८३ अर्ब १८ करोड विप्रेषण भित्रिएको छ ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८ दशमलव दुई प्रतिशतले र आयात १५ दशमलव ८ प्रतिशतले बढेको छ । यो अवधिमा नेपाल सरकारको खर्च रु पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन रु चार खर्ब छ अर्ब ३० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय तीन दशमलव सात प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको हो ।
प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव नौ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर दुई दशमलव ७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर सात दशमलव २६ प्रतिशत रहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?
काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर...
ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं
काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण...
८५ जनाले फिर्ता गरे समानुपातिकको बन्दसूचीबाट नाम
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण...





