अर्थ

एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्री शर्माबीच भेट

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरी आगामी २०२६ फेब्रुअरी २३-२५ सम्म काठमाडौँमा आयोजना हुने १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा छलफल गरेको छ।

एनआरएनएको दुई पक्षबीच गत २०२५ नोभेम्बर ३० मा भएको बृहत् एकता भएको थियो। उक्त सहमति अनुसार एनआरएनएको आगामी १२ औँ महाधिवेशन फेब्रअरी २३२५ मा हुँदैछ।

मन्त्रालयमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा परराष्ट्रमन्त्री शर्माले नेपाल बाहिर र भित्र रहेका सबैलाई मतदानमा सहभागी गराउनुपर्ने बताउनुभयो।

“संघको २००३ (२०२२)को संशोधित विधानको धारा १४ मा ‘महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिकरुपमा उपस्थित भई गर्न सकिनेछ । भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नु पर्नेछ ।’ भनि उल्लेख गरिएको छ ।

यसैबिच एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठन गर्न अनुरोध गरेको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

भेटका अवसरमा अध्यक्ष महेश श्रेष्ठले संघको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको र एकता सुदृढ बनाउन आफूहरूले काम गरिरहेको जानकारी गराए । हाल परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरिरहेको एनआरएन एक्टको विधेयकमा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिदिन आग्रह गरे।

सम्बन्धित समाचार

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष...