रिमा विश्वकर्मा रास्वपाको समानुपातिक सूचीमा नाम यथावत
काठमाडौं। कलाकार रिमा विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा यथावत् रहनुभएको छ।
रास्वपाले आइतबार अद्यावधिक गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उहाँको नाम यथावत् राखिएको छ। कलाकार विश्वकर्मा दलित क्लस्टरतर्फ महिलाको पहिलो नम्बरमा हुनुहुन्छ।
शनिबार रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टी अलग्गिएपछि रास्वपाले निर्वाचन आयोग गएर बन्दसूची अद्यावधिक गरेको थियो। त्यसमा विश्वकर्माको नाम यथावत राखिएको हो।
विश्वकर्मा उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो। पार्टी रास्वपाबाट अलग भएपछि त्यस पार्टीका एक नेताले विश्वकर्मालाई उज्यालो पार्टीले बनाइरहेको समानुपातिक सूचीमा समेट्ने विषयमा सोधेका थिए। जबाफमा विश्वकर्माले आफू समानुपातिक सूचीमा नरहने, प्रत्यक्षमा उम्मेदवारी दिनसक्ने बताउनुभएको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...
चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना
काठमाडौँ। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १०...
‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ। राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका...
प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्नुहुने
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत...




