नेकपानिकट अखिलले शंकरमा विस्तार गर्यो जेनजी फोर्स
काठमाडौं। नेकपा निकट अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी “अखिल GEN Z Force” गठन गरेको छ।
संगठनभित्र नवयुवालाई आकर्षित गर्दै नवीन सोच, सिर्जनशीलता र ऊर्जाशील नयाँ पुस्तालाई संगठित गर्ने उद्देश्यका साथ उक्त संरचना निर्माण गरिएको हो।
आगामी दिनमा संगठनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने लक्ष्यसहित इन्जिनियर युवराज शाहीको संयोजकत्वमा १५१ सदस्यीय अखिल GEN Z Force कमिटी गठन गरिएको छ।
कमिटीमा नरदेव उपाध्याय, राजु मेहेता, अभिषेक सिंह, लविन तामाङ, साजन रानाभाट, आशिका थापा मगर, सुदिप खड्का र अनुप ढकाल सह–संयोजक रहेका छन्। सह–संयोजकहरूलाई प्रदेशगत जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियूले जनाएको छ।
अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित उक्त भेलाको अध्यक्षता संगठनका अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो। भेलामा नेपाली कम्युनिस्ट पार्टीका नेता मोहन गौतम प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने पार्टीका नेता जीवन राई र यशु लामा अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। उनीहरूले कार्यक्रममा आफ्ना धारणा र शुभकामना मन्तव्य राख्नुभएको थियो।
अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाका अनुसार, अखिल GEN Z Force गठनसँगै संगठनले नयाँ पुस्ताको सहभागिता बढाउँदै वैचारिक, संगठनात्मक र आन्दोलनात्मक पक्षलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...
भुसालको हुङ्कार : हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताउनुभएको...
दुर्गा प्रसाईंलाई बिना शर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विनासर्त अविलम्व रिहा गर्न माग गरेको छ। पार्टीको प्रतिनिधिमण्डलले...




