अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक: महानिरीक्षक कार्की
काठमाडौं। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोह बिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह-२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले समाजमा हुने कुनै पनि आपराधिक गतिविधिहरूको सूचना दिन तथा त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि सबै नागरिकहरूको आ-आफ्नो क्षेत्रमा उत्तिकै भूमिका रहेन उल्लेख गर्दै आजको यस सन्देशमूलक कार्यक्रमले सभ्य एवम् सुरक्षित समाज निर्माण गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो।
विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगीताका विजयी छात्र-छात्राहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलाकारद्वय मनोज गजुरेल, कृष्ण कँडेल, पूर्व खेलाडी उपेन्द्रमान सिंह तथा रोटरी क्लब भक्तपुरका अध्यक्ष डिल्लीराम गिरीले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणा सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
आँधी खोलामा छाडिए १२ हजार भुरा माछा
पुतलीबजार । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध...
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ...
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको...




