Breaking News

ईक्यानको अध्यक्षमा एन्ड्रुयु पौडेल विजयी, महासचिवमा हुमगाईं

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ।
सोमबार काठमाडौंमा भएको २०औं साधरण सभामा भएको निर्वाचनबाट ३४१ मत ल्याउँदै अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको हो।

पौडेलसँग दिपकराज भूषालले चुनावी प्रतिस्षर्धा गर्नभएको थियो। शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इक्यानका नेतृत्वका लागि दुई समुह प्यानल नै बनाएर मैदानमा उत्रिएका थिए।

संघको महासचिवमा भूषाल समुहका भवनाथ हुमगाईं विजयी हुनुभएको छ। उहाँसँग पौडेल समुहबाट नवराज केसी खत्रीले प्रतिस्पर्धा गर्नभएकव थियो।
त्यसैगरी उपाध्यक्षमा क्रमश: विकल्पराज पोखरेल, बासुदेव दाहाल र गिता सिवाकोटी विजयी हुनुभएको छ। पोखरेल भुषाल समुहका उम्मेदवार हुनुहुन्थ्यो भने दाहाल र सिवाकोटी पौडेल समुहबाट विजय हुनुभएको हो।

यस्तै दुई सचिवमा भुषाल समुहकै सुरज सिलवाल र आशिक कार्की विजयी भएका हुँदा पौडेल प्यानलबाट उम्मेवार बन्नुभएका भुपाल केसी र एलवी तामाङ पराजित हुनुभयो।

यस्तै कोषाध्यक्षमा पौडेल समुहकी साधना पुडासैनी विजयी हुँदा उमा खड्का पराजित हुनुभयो। त्यसैगरी सहकोषाध्यक्षमा पौडेल प्यानलबाट भिमबहादुर थापा निर्वाचित हुँदा भुषाल प्यानलबाट उम्मेदवार बन्नुभएका गोविन्द खनाल पराजित हुन पुग्नुभयो।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा विजयी हुनेमा अशोक कुमार हाथी, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा न्यौपाले, सञ्जिव पाण्डे, उद्दव वन, कमल प्रसाद तिमल्सिना, बसन्त पाण्डे, दिनेश पौडेल, शिव प्रसाद अर्याल विजयी हुनुभएको सदस्यमा निर्वाचित हाथीले जानकारी दिनुभयो। सदस्यमा ९ जनाका लागि १४ जनाको उम्मेदवारी परेको थियो।

ईक्यानको २० औँ साधारणसभा एंव महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष सहित १८ पदका लागि भएको निर्वाचनमा ३४ जनाले उम्मेद्वारी परेको थियो।

सम्बन्धित समाचार

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...