Breaking News

ईक्यान अध्यक्षमा ३४१ मतसहित एन्ड्रयु विजयी हुँदा कसको कति मत?

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षमा एन्ड्रयु पौडेल (लक्ष्मण) विजय हुनुभएको छ। सोमबार काठमाडौंमा भएको २०औं साधरण सभामा भएको निर्वाचनबाट ३४१ मत ल्याउँदै अध्यक्षमा पौडेल निर्वाचित हुनुभएको नव निर्वाचित सदस्य अशोक हाथीले जानकारी दिनुभयो। पौडेलसँग प्रतिस्पर्धी रहनुभएका दिपकराज भूषालले २५७ मत मात्रै प्राप्त गर्नुभयो।

त्यसैगरी उपाध्यक्षमा क्रमश: बासुदेव दाहाल (३०८), विकल्पराज पोखरेल (२९४), र गीता सिवाकोटी (२९२) मतसहित विजयी हुनुभएको छ। पोखरेल भुषाल समुहका उम्मेदवार हुनुहुन्थ्यो भने दाहाल र सिवाकोटी पौडेल समुहबाट विजय हुनुभएको हो।

संघको महासचिवमा भुषाल समुहका भवनाथ हुमगाईं ४०३ मतसहित विजयी हुँदा उहाँको प्रतिस्पर्धी पौडेल समुहका नवराज केसी खत्रीले १९० मत प्राप्त गर्नुभयो।

शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन इक्यानमा नेतृत्वका लागि दुई समुह प्यानल नै बनाएर मैदानमा उत्रिनुभएको थियो।

कुन उम्मेदवारको कति मत?

अध्यक्ष (१ जना)

एन्ड्र्यू पौडेल – ३४१- (विजयी)

दिपकराज भुषाल – २५७

उपाध्यक्ष (३ जना)

बासुदेव दाहाल – ३०८ (विजयी)

विकल्पराज पोखरेल – २९४ (विजयी)

गीता सिवाकोटी – २९२  (विजयी)

मन्जित ढकाल – २६७

रत्न बहादुर भट्टराई – २२३

पुष्पराज भट्टराई– १८४

महासचिव (१ जना)

भावनाथ – ४०३ (विजयी)

नवराज – १९०

सचिव (२ जना)

सुरज सिलवाल – ४१६ (विजयी)

आशिक कार्की – ३५३ (विजयी)

भुपाल केसी  – २३८

एल.बी. तामाङ  – १११

कोषाध्यक्ष (१ जना)

साधना  पुडासैनी– ३२७ (विजयी)

उमा खड्का पाठक – २६८

सह–कोषाध्यक्ष (१ जना)

गोविन्द खनाल – ४११ (विजयी)

भीम बहादुर थापा – १७८

सदस्य (९ जना)

अनन्तराज घिमिरे – ४१६ (विजयी)

उद्धव बन  – ४१२ (विजयी)

विवेक बस्नेत – ४०२  (विजयी)

दामोदर शर्मा- ३७८ (विजयी)

अशोक कुमार हाथी – ३३२ (विजयी)

दिनेश पौडेल – ३१४ (विजयी)

सञ्जीव पाण्डे – ३१४ (विजयी)

शिव प्रसाद अर्याल – ३०८ (विजयी)

कमलप्रसाद तिमिल्सिना – ३०५ (विजयी)

भेषराज राय- ३०४ (भिष्म)

प्रभात पौडेल – २८६

नवराज नेपाल- २७९

बसन्त पाण्डे- २७५

 

सम्बन्धित समाचार

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...