Breaking News

कांग्रेस विवाद : संस्थापन र इतर दुवैले बनाए वार्ता समिति, के फुट टर्ला?

काठमाडौँ । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ।

वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहनुभएको छ। खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुनुहुन्छ। विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो।

केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा हुनुहुन्छ । दुई वार्ता समितिबिच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन्। हिजोसम्म फुट नजिक भनिएको कांग्रेस सभापति शेरबहादुर देउवाको सक्रियताले फेरि सुधार देखिएको छ।

सम्बन्धित समाचार

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...