प्रदेश

त्रिशूली बगरमा बस उत्खनन तेस्रो दिन पनि जारी

तनहुँ। चितवनको सिमलताल दुर्घटनामा परी झण्डै डेढ वर्षदेखि त्रिशूली नदीमा बेपत्ता रहेको बसको अवशेष निकाल्न मङ्गलबार तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेष निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले प्रयासलाई झनै तीव्र पारेको छ ।

अवरोध छिचोल्दै सुरक्षाकर्मी वि।सं। २०८१ असार २८ गते पहिरोसँगै त्रिशूलीमा खसेको काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस १८ महिनापछि बालुवा र गेग्रानको थुप्रोमुनि फेला परेको हो । आइतबार र सोमबार दिनभरको अथक प्रयासपछि पनि बसको धेरै भाग बालुवामा गाडिएको र लेदोले भरिएकाले निकाल्न चुनौती देखिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा रहेकाले प्राविधिक सावधानी अपनाउँदै मङ्गलबार बिहानैदेखि पुनः उत्खनन सुरु गरिनेछ ।

बेपत्ता यात्रुको आश र १८ महिनाको पर्खाइ सिमलतालको त्यो भयावह रातमा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन् । भारतका गोताखोरले समेत लामो समयसम्म खोज्दा फेला पार्न नसकेको बसको अवशेष आइतबार फेला परेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

मङ्गलबार बसलाई पूर्ण रूपमा बाहिर निकाल्न सकेमा त्यहाँ बेपत्ता यात्रुहरूका केही अवशेष वा महत्त्वपूर्ण प्रमाण फेला पर्न सक्ने सुरक्षा निकायको विश्वास छ । प्रनाउ विकले भन्नुभयो, “बस नदीको गेग्रानमा निकै गहिरोसँग पुरिएको छ, हामी यसलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासमा छौँ ।”

 

सम्बन्धित समाचार

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

पुतलीबजार । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ । नदीमा बढ्दो प्रदूषण, अवैध...

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ...

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको...