एन्फाको बजेट डेढ अर्ब बढी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक बजेट डेढ अर्ब भन्दा बढी पारित भएको छ ।
अर्ली इलेक्सनको घोषणाले विवादमा परेको एन्फाले यस विषयलाई पन्छाउँदै बुधबार बनेको एन्फा कार्यसमिति बैठकले आर्थिक बैठकले १ अर्ब ५६ करोडको बजेट पारित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मुख्यालयमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित गर्ने निर्णय भएको प्रवक्ता सुरेश शाहद्वारा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय टिमका लागि मेरुदण्ड मानिने शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग गर्न संघर्ष गरिरहेको एन्फाले वार्षिक बजेट भने डेढ अर्ब माथिको पारित गरेको हो । यस्तै बैठकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय पनि गरेको विज्ञप्तीमा उल्लेख छ।
तर एन्फा कार्यसमिति बैठकले अर्ली इलेक्सनको विषयमा पछिल्लो समय देखिएको विवाद र अदालतको निर्णयमाथि भने कुनै निर्णय गरेको छैन । यस विषयमा एन्फा नेतृत्व मौन देखिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
टी २० विश्वकप : स्कटल्यान्डमाथि जित निकाल्दै नेपालको यात्रा सुखद अन्त्य
काठमाडौँ। नेपालले टी २० विश्वकपमा १२ वर्षपछि जित निकालेको छ। आइसिसी टी(२० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७...
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
काठमाडौं। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य...
स्कटल्यान्डविरुद्ध बलिङमा नेपाल
काठमाडौं। आईसीसी टी-२० विश्वकपमा स्कटल्यान्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। मुम्बइको वानखेडे स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि...
टी २० विश्वकप २०२६ : अन्तिम खेल खेल्दै नेपाली टोली
काठमाडौँ। आइसिसी टी २० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’मा रहेको नेपालले मंगलबार चौथो...




