अन्तर्राष्ट्रिय

पश्चिमी रुसमा प्रहरी प्रशिक्षण केन्द्रमा विस्फोट, २० प्रशिक्षार्थी घाइते

पश्चिमी रुसको कोमी गणतन्त्रस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको लापरवाहीका कारण भएको विस्फोटमा परी २० जना घाइते भएका छन् ।

क्षेत्रीय आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सिक्तिभकार शहरमा रहेको उक्त प्रशिक्षण केन्द्रमा एक स्टन ग्रेनेड विस्फोट हुँदा आगलागी भएको थियो ।

दुर्घटनामा घाइते भएका प्रशिक्षार्थीहरूको शरीरका विभिन्न भाग र श्वासप्रश्वास नलीमा जलन हुनुका साथै कार्बन मोनोअक्साइड विषाक्तता देखिएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ । मन्त्रालयले यस घटनालाई प्रशिक्षकको गम्भीर लापरवाही ठहर गर्दै उनी विरुद्ध फौजदारी मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित समाचार

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाद्वारा पूर्वी प्रशान्त र क्यारिबियनमा ३ वटा जहाजमाथि आक्रमण, ११ जनाको मृत्यु

अमेरिकी सेनाले पूर्वी प्रशान्त र क्यारिबियन क्षेत्रमा तीनवटा जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जानकारी...

आईएस–संवद्ध अष्ट्रेलियालीहरूको सिरियाबाट स्वदेश फिर्तीमा ढिलाइ

आईएस–संवद्ध अष्ट्रेलियालीहरूको सिरियाबाट स्वदेश फिर्तीमा ढिलाइ

सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग आवद्ध ११ अष्ट्रेलियाली परिवारको स्वदेश फिर्ती प्रक्रिया समन्वयको कमीका कारण अन्तिम समयमा स्थगित...

पाकिस्तानको खैबर पख्तुनख्वामा विष्फोटः दुईको मृत्यु, १२ घाइते

पाकिस्तानको खैबर पख्तुनख्वामा विष्फोटः दुईको मृत्यु, १२ घाइते

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सोमवार भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । अन्य १२ जना...