अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोटः ७ जनाको मृत्यु, १३ घाइते
अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको थियो । अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेहरूमा चार महिला र एक बालक रहेको जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार धेरैजसो घाइतेहरूको शरीरमा गहिरो चोट लागेको छ र केहीको शल्यक्रिया भइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताउनुभएको छ । हालसम्म विस्फोटको जिम्मेवारी कुनैपनि समूहले लिएको छैन ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...
सुनको भाउमा गिरावट
काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...
अण्डाको मूल्य बढ्यो
चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...
‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...




