Breaking News

मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरु पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उहाँले कुल खसेको मतको दुई तिहाई भन्दा बढि मत एमालेले बताउनु उहाँको भनाई छ ।

बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उहाँले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्रनै एमालेको पक्षमा एक ढिक्का रहेको बताउनुभयो । त्यस क्रममा उहाँले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताउनुभयो । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढि आपराधीक कार्यहरु भएको उल्लेख गर्दै त्यस बेला केहि व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधीक कार्य गर्दा मृत्यु भएको उल्लेख गर्नुभयो ।

‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान, दबार देलान’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो दवाललार्ई स्विकार्ने कुरा आउँदैन।’ काँग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यि सव गराईएको उहाँको भनाई छ । अस्थिरताको खेती गर्नेहरुले यि सव काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।

‘त्यो त आपराधीक घट्ना हो नि । नगरपालिका किन जलाएको, विजनेस कम्प्लेक्स किन जलाएको ?’ उहाँले भन्नुभयो, ‘दमक नमूना सहरको रुपमा विकास भई रहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रुपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ?’

दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगती सवैका आँखा अघि छर्लङ् रहेको भन्दै उहाँले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरुबाट केहि हुन पनि नसक्ने दावि गर्नुभयो । यहाँको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्‌न बाँकि रहेछ भने बुझाउन पनि उहाँको आग्रह छ ।

दमकमा अपांगता भएकाहरुको सिक्री झिक्ने, अपमान गर्नेहरुबाट जोगाउँदै विकासका कामलाई थप तिव्रता दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । सुकुमबासी बस्तिमा डोजर चलाउनेहरुलाई भुमिहिन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाह नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकिकृत वस्ति विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि उहाँले स्मरण गराउनुभयो ।

रंगशाला बनाउन थाल्दा अरुले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला फागुनको चुनाव पछि बनाईने पनि बताउनुभयो । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडा स्तरमा रहेका मतदाता र कार्यकर्ताहरुलाई उनले अलग अलग भेट गरि रहेको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

कांग्रेसको बैठकबाट ‘प्रतिज्ञापत्र’ पारित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनका लागि ‘प्रतिज्ञापत्र’ पारित गरेको छ। बुधबार सभापति गगन थापाको सभापतित्वमा...

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

‘भागबण्डा’को संस्कृतिले देश बर्बाद भयो: अध्यक्ष जोशी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य...