सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा होमिएको छ ।
विगतमा आन्तरिक विवाद र विभाजनका कारण चर्चामा रहने यो जिल्लामा यसपटक कांग्रेसभित्र उल्लेखनीय एकता देखिएको छ ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ।
यसअघि पनि यही क्षेत्रबाट निर्वाचित सांसद रहेका चौधरी पार्टीको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनु भएको छ।
लामो समयसम्म पार्टीभित्र विवाद सिर्जना गर्दै आएका तत्कालीन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै जिल्लामा कांग्रेसभित्रको असमझदारी अन्त्य भएको स्थानीय नेताहरूको भनाइ छ । खनालको बहिर्गमनपछि कांग्रेस संगठन एकताबद्ध भएको र चुनावी गतिविधि थप सशक्त बनेको देखिएको छ ।
पश्चिम नवलपरासीका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश भएको बताउनुभयो । उहाँले कांग्रेसको एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई समेत गति दिने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाली कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले पार्टी एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने दाबी गर्नुभयो।
उहाँका अनुसार वडा, जिल्ला र प्रदेश तहका सबै नेता–कार्यकर्ता एउटै उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । पार्टीका केन्द्रीय सदस्य, निवर्तमान सांसद, जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता, बुद्धिजीवी र आम कांग्रेस कार्यकर्ताको साथ र सहयोगमा विनोद चौधरी चुनावी अभियानमा सक्रिय हुनुहुन्छ। आज मात्रै चौधरीले जिल्लाका केन्द्रीय सदस्यहरू, पूर्वसांसद, पार्टी नेता तथा वडा तहका कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुभएको छ।
छलफलपछि प्रतिक्रिया दिँदै चौधरीले पार्टी एकताबद्ध भएर चुनावमा होमिएको देख्दा आफू निकै उत्साहित र खुसी भएको बताउनुभयो। “अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो । यसपटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ,” उहाँले भन्नुभयो।
चौधरीले कसैलाई काखा कसैलाई पाखा नगरी सबैसँग हातेमालो गर्दै पश्चिम नवलपरासीको विकासमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । कांग्रेसभित्र देखिएको यो एकताले जिल्लामा चुनावी माहोललाई थप सकारात्मक बनाएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...




