काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
सरस्वती पूजाका दिन काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार ११५ जना नयाँ बालबालिकाको अक्षरारम्भ गरेका कामपा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षभन्दा यस वर्ष १४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन् ।
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष एक हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरूमा ५२५ जना छात्रा र ५९० जना छात्र छन् । यो सङ्ख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए । महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा ९इसिडी० छैनन् । बाँकी विद्यालयहरूमा छन् ।
अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वाङ्गीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।
“सामुदायिक विद्यालयहरूबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने नतिजाका लागि नीति, योजना तथा कार्यक्रम तर्जुमा गरिएको, स्रोध, साधन र उपकरणमा लगानी बढाइएको, मानव संशाधन विकासमा जोड दिएका छौँ । यसबाट विद्यालयहरूबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ,” उहाँको भनाइ थियो ।
धेरै बालबालिकाले अक्षरारम्भ गरेका विद्यालयमध्ये ज्ञानोदय माध्यमिक विद्यालय वाफलमा ८७ जना, नीलबाराही माध्यमिक विद्यालय, टङ्केश्वरमा ५० जना र भानु माध्यमिक विद्यालय, रानीपोखरीमा ४२ जना छन् ।
प्रारम्भिक बाल विकास कक्षाहरूमा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा प्रारम्भिक बाल विकास सहजकर्ता व्यवस्थापन गरेका कारण प्रारम्भिक बाल विकास कक्षामा बालबालिकाको आकर्षण बढेको हो ।
निमित्त प्रमुख ज्ञवालीका अनुसार अक्षरारम्भ गरेका बालबालिका नियमित विद्यालय आउन चाहेमा कक्षा कोठाको प्रबन्ध गरिएको छ । नियमित कक्षाका लागि भर्ना भने वैशाख महिनामा हुनेछ ।
(((
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु
गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना
काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...




